Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बर्सेनि बैंकिङ कसूरका घटना बढ्दै

    बर्सेनि बैंकिङ कसूरका घटना बढ्दै

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा वर्षेनि बैंकिङ कसूरसम्बन्धी घटनाहरू बढ्दै गएका छन् । विगत ५ आर्थिक वर्ष र चालू आर्थिक वर्षको कात्तिकसम्ममा देशभर कुल ८ हजार १९ ओटा बैंकिङ कसूरसम्बन्धी घटना भएका छन् । चेकबाउन्स, ठगी, जालसाजी र अनलाइन कारोबारको दुरुपयोग गरेकाले बैंकिङ कसूरको संख्या बढ्दै गएको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७२/७३ मा देशभर ४६ ओटा बैंकिङ कसूरको उजुरी परेको थियो । तर, त्यसपछिका वर्षहरूमा यस्तो उजुरीको संख्या क्रमशः बढ्दै गएको छ ।



    आव २०७३/७४ मा ९३ ओटा बैंकिङ कसूरका उजुरी परेकोमा आव २०७४/७५ मा बढेर यस्तो संख्या ७ सय ७६ पुग्यो । आव २०७५/७६ मा बैंकिङ कसूर गर्नेको संख्या ३ हजार १ सय ६७ पुग्यो । आव २०७६/७७ मा ३ हजार ३०९ ले बैंकिङ कसूर गरेका छन् भने चालू आवको कात्तिकसम्ममा यस्तो संख्या ६ सय २८ पुगेको छ ।



    बैंकिङ कसूर तथा सजाय ऐन ९पहिलो संशोधन० २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउनेलगायत व्यवस्था गरेको छ । उक्त ऐनले यी कामलाई बैंकिङ कसूर मानेको छ । आजको आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार