Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक संसदमा पेश

    बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक संसदमा पेश

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 396
    SHARES

    काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक पेश भएको छ । अर्थमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

    चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।



    विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए ।



    यस्तो कार्यउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उनले बताए ।

    सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि चेक अनादरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार