Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लाखौंको बैंकिङ कसूर मुद्दामा फरार जैसवाल कपनबाट पक्राउ

    लाखौंको बैंकिङ कसूर मुद्दामा फरार जैसवाल कपनबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट जिल्ला गौर नगरपालिका-१ भन्सारटोल स्थायी घर भइ काठमाडौं बुढानिलकण्ठ -१२ कपन, भंगाल बस्ने ३३ बर्षीय अरविन्द कुमार जैसवाल रहेका छन्।



    महाशाखाका अनुसार भुजेललाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७८ मङ्सिर १४ गते २ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।



    त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीलेले काठमाडौं कपन, पयुँटारबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार