Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चीनद्वारा पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा

    चीनद्वारा पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

    नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।



    चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रतिनिधिमण्डलबीच जङ्गी अड्डामा आइतबार अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।



    ‘यसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ। कोभिड–१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछ’, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालिम एवम् शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले वताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार