Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

    राष्ट्रपति भण्डारी र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता लगतै शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।



    यसअघि उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् ।



    चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ ।

    पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आईतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम तय भइसकेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार