Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हबीच भेटवार्ता भएकाे छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता भएकाे हाे । आइतबार बिहान नेपाल आइपुगेका वेइ दिउँसो नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुगेका थिए।



    त्यहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले वेइसँग शिष्टाचार भेट गरेका थिए।



    वेइ नेतृत्वको टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डल टोली र नेपाली सेनाको प्रतिनिधि टोलीबीच द्विपक्षीय छलफल भएको थियो।

    लगत्तै रक्षामन्त्री वेइ बालुवाटारमा पुगेका थिए। बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।

    वेइ आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरी काठमाडौं छाड्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार