Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीकाे पेस्ताेल खाेसेर तस्करद्वारा गोली प्रहार

    प्रहरीकाे पेस्ताेल खाेसेर तस्करद्वारा गोली प्रहार

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । बुटवल उपमहान गरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

    गोली लागेर एक जना घाइते भएका छन् । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।



    उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ ।



    प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार