Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महोत्तरी गोली काण्ड : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

    महोत्तरी गोली काण्ड : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । महोत्तरीको बर्दिबास प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

    बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।



    मन्त्रालयले बालिका हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाउँदै उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।



    प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।

    मन्त्रालयले बालिका गुलाब खातुन र न्यौपानेको परिरवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार