Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालिका बलात्कार आरोपित तीनजना पक्राउ, ६ जना अझै फरार

    बालिका बलात्कार आरोपित तीनजना पक्राउ, ६ जना अझै फरार

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 441
    SHARES

    डोल्पा । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।



    फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष २० का रेसम राणा र जाजरकोट कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।



    गत फागुन महिनामा युवाहरूले बालिकालाई सामूहिक बलात्कार गरेपछि पीडित पक्षले २०८० साउन २६ गते प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार