Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोरङमा जमिनमुनि गाडेको अवस्थामा १८५ वटा गोली फेला

    मोरङमा जमिनमुनि गाडेको अवस्थामा १८५ वटा गोली फेला

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 2.5K
    SHARES

    विराटनगर । मोरङमा जमिनमुनि गाडेको अवस्थामा १८५ वटा गोली फेला परेको छ। खाल्डो खनेर जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलसमेतका हतियारमा प्रयोग हुने एक सय ८५ वटा गोली उर्लाबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घरनजिक खेतमा बुधबार दिउँसो ७।६२ एमएम गोली भेटिएको हो ।



    स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा एक सय ८५ थान गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।



    प्लाष्टिकभित्र पोको पारेर राखेको गोली भेटेपछि सुवेदीले प्रहरीलाई खबर गरेका थिए । जमिनभित्र लुकाएर राखिएको गोली बरामद गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए । घटनास्थल लिम्बूको घरबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । घरमा उनका भान्जा चन्द्रबहादुर लिम्बू बस्थे । उनी भने परिवारसहित उर्लाबारी बजारमा बस्थे । चन्द्रबहादुरको पनि १० वर्षअघि नै मृत्यु भइसकेको छ । अहिले त्यो घर भत्काइएको छ ।

    प्रहरीका अनुसार गोली द्धन्द्धका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्छ । सशस्त्र द्धन्द्धका समयमा माओवादी कार्यकर्ता लिम्बूको घरमा आइरहने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यस क्रममा सुरक्षाकर्मीलाई छल्न जमिनमा खाल्डो खनेर गोली गाडेको र पछि लैजान बिर्सिएको हुनसक्ने प्रहरी आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार