Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १६ सय ५१ पुग्याे

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १६ सय ५१ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमणबाट मृत्यु भएकाे छ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा आज थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ४८३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार