Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

    अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । अमेरिकी जनताले सोमबारदेखि फाइजर÷एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् । अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।

    फाइजर/बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ ।



    एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो ।



    एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर ÷ बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन मञ्जुरी दिनु पर्यो ।

    अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् । – बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार