Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

    ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 5K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो ।

    लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए । तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रमुख पुरुषोत्तम कार्कीले बताए ।



    ‘भाडाको ट्रक रहेछ, बिल बुक पनि नवीकरण भएको रहेनछ,’ उनले भने । कार्कीका अनुसारट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।



    कलंकी ट्राफिक कार्यलय अगाडिको सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान निरज थापालाई ट्रक चालक विकले घुस दिन खोजेका थिए । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले विकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार