Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा कोरोनाको पहिलो खोप नर्सलाई लगाएर  शुरू 

    अमेरिकामा कोरोनाको पहिलो खोप नर्सलाई लगाएर  शुरू 

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 3K
    SHARES

    एजेन्सी। अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।  आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अभियानको लागि अमेरिका जुटेको हो।

    बिबिसीका अनुसार शुरुमा न्यूयोर्कको एक अस्पतालमा आईसीयूमा कार्यरत नर्समा यो खोप  लगाईएको छ।



    सोमबार करिब १५० वटा अस्पतालहरूबाट यो खोप दिइएको छ ।



    अमेरिकी खोप अभियान अन्तर्गत, आगामी वर्ष अप्रिल सम्म करिब १० करोड मानिसहरूलाई खोप दिने लक्ष्य छ।

    अमेरिकामा कोभिड-१९ को संक्रमणका कारण हालसम्म करिब तीन लाख मानिसहरूको मृत्‍यु भएको छ । विश्वमा अमेरिका सबैभन्दा बढी कोरोना प्रभावित देशको सूचीमा छ।

    फाइजर / बायोएनटेक खोप गत शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपतकालमा  लागि अनुमोदन गरेको थियो।

    यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

    कोरोना खोपको पहिलो डोज अमेरिकामा दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले  ट्वीट गरेर  खुशी व्यक्त गरेका छन्।

    ट्रम्पले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्,  ‘पहिलो खोप डोज दिइयो। बधाई अमेरिका। बधाई  बिश्व।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार