Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जंगलमा लुकेर तास खेल्ने समूहका दुई जना पक्राउ

    जंगलमा लुकेर तास खेल्ने समूहका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.5K
    SHARES

    काभ्रेपलाञ्चोक । जंगलमा लुकेर जुवा तास खेल्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पनौती नगरपालिका-९ का गोबिन्द राउत र रोशी गाउँपालिका-१ का राज कुमार न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    पनौती नगरपालिका-९ मा रहेको देवीथान सामुदायिक वन भित्रको चौरमा मानिसहरु जम्मा भई पैसाको सट्टेबाजी थापी हारजित हुने गरी जुवा तास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा जंगल पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।



    तास खेलिरहेको स्थानबाट प्रहरीले १ लाख १२० रुपैयाँसहित २ वटा गाडी, १० वटा मोटरसाईकल र १ वटा स्कुटी नियन्त्रयणमा लिएको छ । फरार रहेका अन्य ब्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले १६ बुक तास र २ थान कार्पेट पनि बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार