Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मालपोत कार्यालयका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा

    मालपोत कार्यालयका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।



    अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार नि:शुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।



    नीजहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार