Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लाखाैं रूपैयाँसहित ५ जुवाडे पक्राउ

    लाखाैं रूपैयाँसहित ५ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3.1K
    SHARES

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले बाराको कलैयाबाट जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार, वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नम्बर २७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी, महागढीमाई नगरपालिका–१ बस्ने ५५ वर्षीय पारस चौधरी रहेका छन् ।



    कलैया–४ हजारी मार्केट स्थित साह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार राति प्रहरीले छापामारी उनीहरूलाई पक्राउ गरेकाे हाे । प्रहरीले उनीहरूकाे साथबाट ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडा पनि बरामद गरेकाे छ ।



    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार