Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महेश बस्नेत भन्छन् – प्रधानमन्त्री खान राजाको पाउमा सिक्का चढाउनेले गणतन्त्रको कुरा नगर्दा हुन्छ

    महेश बस्नेत भन्छन् – प्रधानमन्त्री खान राजाको पाउमा सिक्का चढाउनेले गणतन्त्रको कुरा नगर्दा हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 6K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले लोकतन्त्रमा एउटा क्रान्तिवीरले सडकमा आवाज उठाउनु उसको मौलिक अधिकार भएको वताएका छन्।

    संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले गरेको बिरोध प्रदर्शनलाई लक्षित गर्दै नेता बस्नेतले भने, ‘२/४ सय लोभीपापीको झुन्ड बोकेर आफ्नो महत्वकांक्षा पूरा गर्न क्रान्तिका सहयोद्धाहरुको छबि ध्वस्त पार्ने गलत दुरासय र षड्यन्त्रमा केही ‘डेटस्पायर’ नेताहरु लागेको देखियो। आफू प्रधानमन्त्री हुँदा सिन्को नभाच्ने,भैरहेको भौतिक बिकाशको काम सरकारले र प्रधानमन्त्री नगरेर इन्जिनियर, डकर्मी र सिकर्मीले गरे भनेर आरोप लगाउनेसँग जनताले के आशा गर्ने ?’



    उनले माधव नेपालप्रति संकेत गर्दै भने, ‘प्रधानमन्त्री खान राजालाई बिन्तिपत्र हाल्ने, पाउमा सिक्का चढाउने, फेरि प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको आबेग र कुण्ठा बोकेर जीवनभर जस्को सहयोग लिएर प्रधानमन्त्री र अध्यक्ष बन्यो, उसैलाई गणतन्त्र बिरोधि भनेर सराप्नेलाई अब जनताले पत्याउदैनन् ।’
    क्रान्तिको नाममा हत्या, हिसां र आतंक मच्चाएर परिवारको हितको लागि प्रचण्डले भ्रष्टाचार गरी  राष्ट्रघाती काम गरेको बस्नेतले सामाजिक सन्जाल फेसबुकमा लेख्दै आरोप लगाए ।



    आज उनै ब्यक्ति घरबेटी (प्रधानमन्त्री केपी शर्मा ओली) लाई तानाशाह, निरंकुश र गणतन्त्र बिरोधी भन्दै हिंडेको नेता बस्नेतले वताए ।

    यसअघि सोमबार सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले संसद विघटनपछि आगामी निर्वाचनमा हार्छु भन्नेहरु निर्वाचन हुँदैन भन्दै गीत गाइरहेको आक्रोस व्यक्त गरेका थिए ।

    उनले भनेका थिए, ‘प्रचण्ड–माधव नेतृत्वको गुटले सरकारलाई यो गर्छौं, त्यो गर्छौं भन्दै खोक्दै जनतालाई भ्रममा पर्ने प्रयास गरिरहेकोमा आक्रोस व्यक्त गर्दै नेता वस्नेतले भने , ‘प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दैछन्, दह्रो हुनेले खोक्दैन, काम गरेर देखाउँछ ।’

    प्रचण्ड–माधव पार्टीबाट अलग भएर जाँदैमा ठूलो समस्या नहुने तर्क गर्दै नेता बस्नेतले प्रचण्ड, माधव, झलनाथ, नारायणकाजीलगायतका केही नेता पार्टीको लागि गलगाँड र ट्युमर भएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार