Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पाकिस्तान १ सय १ रनले पराजित

    पाकिस्तान १ सय १ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । न्युजिल्यान्डले पाकिस्तानलाई हराएको छ। पहिलो टेस्टको अन्तिम तथा पाँचौं दिन बुधबार १ सय १ रनले पाकिस्तान पराजित भएकाे हाे। न्युजिल्यान्डको सजिलो जित अपेक्षा गरिए पनि त्यसलाई हात पार्न अन्तिम समयसम्म संघर्ष गर्नु परेको थियो ।

    पाकिस्तानले अन्तिम दिन ब्याटिङबाट बलियो चुनौती पेस गरेको थियो । त्यसक्रममा पाकिस्तान दिनको खेल समाप्त हुन केही समय अगाडि मात्र २ सय ७१ रन बनाएर अलआउट भयो । पाहुना टिमले जितका लागि ३ सय ७३ रनको लक्ष्य पाएको थियो ।



    उसले तीन विकेट गुमाएर ७१ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । त्यसक्रममा फवान आलमले १ सय २ र मोहम्मद रिजवानले ६० रन बनाए । उनीहरू पाँचौं विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार