Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रचण्डले गरेकाे अपराध र भ्रष्टाचार लुक्न सक्दैन : महेश बस्नेत

    प्रचण्डले गरेकाे अपराध र भ्रष्टाचार लुक्न सक्दैन : महेश बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 3.2K
    SHARES

    दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्‍नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमा निर्वाचनदेखि भाग्ने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाएका छन् ।

    दाङकाे घोराहीमा बिहीबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर प्रचण्ड र नेपालले जनताले दिएको मतको अपमान गरेको समेत आरोप लगाए ।



    राष्ट्रिय युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले ओलीको कदम लोकतान्त्रिक भएको दाबी गरे । दुई तिहाइको सरकारलाई काम गर्न नदिने र ताजा जनादेश लिन जान खोज्दा पनि विरोध गर्ने प्रवृत्ति ठीक नभएको उनको भनाइ थियो ।



    दाहाललाई भ्रष्टाचारी र अपराधीको संज्ञा दिँदै नेता बस्नेतले यस्ता व्यक्तिलाई प्रधानमन्त्री ओलीले त्यत्तिकै नछाड्ने चेतावनी दिए । ‘यस्ता भ्रष्टाचारी र अपराधीलाई ओलीले त्यत्तिकै उन्मुक्ति दिनु हुन्न । दाहाल कारबाहीको भागिदार हुनुपर्छ । उनले गरेको अपराध लुक्न सक्दैन,’ उनले भने, ‘माधव नेपालले पनि समयमै दाहाललाई बुझ्न जरुरी छ । आफ्नै सरकार र पार्टी भत्काउने व्यक्तिलाई सबैले चिन्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार