Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइने

    भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइने

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा आइतबार कोरोना खोपको ‘ड्राइ रन’ सुरु भएको छ । यसैबीच शनिबार गूर तेग बहादुर अस्पतालमा ड्राई रनको अनुगमनका लागि पुगेका केन्द्रीय स्वास्थ मन्त्री डाक्टर हर्षबर्द्धनले देशका प्रत्येक नागरिकलाई निशुल्क रुपमा खोप लगाउने घोषणा गरेका छन् ।

    प्राथमिकताको आधारमा पहिलो चरणमा तीन करोड मानिसलाई खोप लगाउने योजना पनि उनले सार्वजनिक गरेका छन् । यस सूचीमा एक करोड स्वास्थकर्मी र दुुई करोड फ्रन्टलाईन कमदार छन् ।



    त्यसैगरी दोस्रो चरणमा जुलाईसम्म २७ करोड मानिसहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । भारतको केन्द्रीय औषधी मानक नियन्त्रण संगठन (सिडिएससिओ) अन्तर्गतको विषय विशेषज्ञ समिति (एसईसी) ले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिनका लागि सरकार समक्ष सिफारिस गरेको छ ।



    पुनेस्थित सिरम इन्स्टिच्युटले भारतमा यो खोपको उत्पादन र वितरण गर्नेगरी एस्ट्राजेनेकासँग सम्झौता गरिसकेको छ । देशको औषधी महानियन्त्रक संस्था (डिसिजीआई) ले चाडैं यसको प्रयोगका लागि अनुमति प्रदान गर्नसक्छ ।

    ड्राई रन के हो ?
    यसक्रममा प्रत्येक राज्य र केन्द्र शासित प्रदेशअन्तर्गतका १ सय १६ जिल्लाका २ सय ५९ स्थानमा खोप लगाउने रिहर्सल गरिदैंछ । अर्थात्, खोप लगाइनेछैन तर अन्य सबै प्रक्रिया पूरा गरिनेछ । खोपलाई सुरक्षित भण्डारण गर्ने, सुरक्षित रुपमा यसको प्रयोग गर्नेलगायत तयारीहरुको परीक्षण गरिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार