Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना महामारीको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ अत्यधिक निराश

    कोरोना महामारीको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ अत्यधिक निराश

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 3.9K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्यधिक निराश भएको बताएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले मंगलबार यसबारे कुरा गर्दै भनेका छन्, ‘हामीहरु निकै निराश छौं किनभने चीनले अहिलेसम्म पनि कोरोना महामारीको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको समूहलाई अहिलेसम्म देशमा आउन अनुमति दिएको छैन ।’



    जनवरीको सुरुवातमा नै विशेषज्ञको समूह एक वर्ष अघि कोरोना संक्रमण कसरी सुरु भएको थियो, यसबारे पत्ता लगाउनका लागि ऊहान जाने तयारीमा थियो ।



    जिनेवामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीले थाहा पाएका छौं कि चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ पुग्न समूहका लागि आवश्यकत अनुमतिमा सहमति दिएको छेन । म लगातार चीनका वरिष्ठ अधिकारीको सम्पर्कमा रहँदै आएको छ र मैले स्पष्ट रुपमा भनिसकेको छु कि मिशन डब्ल्यूएचओका लागि प्राथमिकतामा छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार