Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

    बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

    गएराति इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले गोली फायर गरेको थियो ।



    बाराका डीएसपी गौतम मिश्रका अनुसार निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा प्रहरी र तस्करबीच गोली हानाहान भएकाे हाे।



    प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जनालाई बन्दुकसहित पक्राउ गरेकाे हाे।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । प्रहरीले घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार