Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद् पुनर्स्थापनाको माग प्रतिगमनको बाटो हो : गृहमन्त्री थापा

    संसद् पुनर्स्थापनाको माग प्रतिगमनको बाटो हो : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • आइतबार, ४ माघ २०७७
  • 2.9K
    SHARES

    धनकुटा । गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताए ।



    गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए ।



    कार्यक्रम स्थलमा जाने क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार