Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • प्रदेश १ मा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै

    प्रदेश १ मा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 1.7K
    SHARES

    विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल गर्नकाे लागि बोलाएको हो ।



    प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो ।



    नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको बताए ।

    उनले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार