Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘ओली सरकारले गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छ’

    ‘ओली सरकारले गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छ’

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् ।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानून विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताए ।



    यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।



    उनले भने– ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरित गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण, बलमिच्याहिंपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

    प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार