Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद पुनर्स्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

    संसद पुनर्स्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.4K
    SHARES

    कालिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्नु प्रतिगामी भएको बताएका छन ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने भन्दै यसको माग गर्नेहरु प्रतिगामी भएको आरोप लगाए ।



    उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे ।



    ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार