Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वैशाखमा हुने निर्वाचनबाट दुई तिहाई ल्याउछौं : गृहमन्त्री थापा

    वैशाखमा हुने निर्वाचनबाट दुई तिहाई ल्याउछौं : गृहमन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले वैशाखमा हुने चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

    नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ताजा जनादेशका लागि तोकिएको निर्वाचनबाट आफूहरुले दुई तिहाई बहुमत ल्याउने जिरिक गरे ।



    उनले आफूहरुको पार्टीले बहुमत ल्याएर देशलाई स्थिरता दिने बताए। उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताए।



    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नागरिक अगुवासहित विभिन्न राजनीतिक दलहरुले विरोेध गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार