Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विद्यार्थी र शिक्षकलाई दोस्रो चरणमा खोप प्रबन्ध गर्न आग्रह

    विद्यार्थी र शिक्षकलाई दोस्रो चरणमा खोप प्रबन्ध गर्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज (आइतवार) जारी गरेको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो ।



    सो क्रममा महासंघले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार