Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लव समूहका विद्यार्थी नेतासहित ५ जना पक्राउ

    विप्लव समूहका विद्यार्थी नेतासहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2K
    SHARES

    रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेका छन् ।



    बोहरा विप्लवको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत हुन् । उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आईतबार रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार