Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

    चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

    नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।



    चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पुरा गरेको समेत दूतावासले दाबी गरेको छ ।



    यसअघि भारतले १० लाख डोज कोरोना खोप सहयोग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार