Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • डिआईजी सरुवाको तयारी, तस्करहरुको गृहमा चलखेल

    डिआईजी सरुवाको तयारी, तस्करहरुको गृहमा चलखेल

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 4.2K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवाका लागि ठुलो चलखेल भएको छ। गृह मन्त्रालयले गत बैशाखमा सातै प्रदेशसहित १० जना डिआइजीको सरुवा गरेको थियो।

    सरुवाका लागि एक बर्ष अबधि नपुगे पनि भर्खरै एसएसपीबाट बढुवा भएका केही डिआईजीहरुले गृह मन्त्रालयदेखि बालुवाटारसम्म सकृयता देखाएका छन्।  प्रदेशको प्रहरी प्रमुख बन्न डिआइजीहरु मुकुन्द आचार्य र गणेश ऐरले सबैभन्दा बढी चलखेल गरेको गृह स्रोतको भनाइ छ।



    स्रोतका अनुसार दिबेश लोहनी केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)र एक नम्वर प्रदेश मध्ये एक ठाउँमा जान खोजेका छन् भने मुकुन्द आचार्य पनि एक वा पाँच नम्वर प्रदेश जान केही बिचौलिया तस्करहरुमार्फत गृहसचिव महेश्वर न्यौपानेकोमा लबिङ गर्न थालेका छन् ।



    प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयमा रहेका आचार्यले गृह मन्त्रालयदेखि बालुवाटारसम्मको शक्ति प्रयोग गरी दुई मध्ये एक प्रदेशमा सरुवा हुन खोजेका हुन ।

    प्रहरीको सरुवा र बढुवामा सचिव न्यौपानेका भान्जा सुजन पौडेलको पनि चलखेल हुने गरेको छ।

    डिआईजीहरुले बिचौलिया र तस्करमार्फत सरुवामा चलखेल गर्न थालेपछि आईजीपी शैलेश थापा क्षेत्री रुष्ट बनेको स्रोत वताउँछ। सुजन पौडेलले बालुवा तस्करीको रकममा मोलमोलाई नमिलेपछि बौद्दका डिएसपी श्याम राईलाई अख्तियार लगाएर फसाएका थिए।

    तर, राईले बिशेष अदालतबाट सफाई पाइसकेका छन्। त्यतिखेर न्यौपाने अख्तियारको सचिव थिए।

    अहिले पाँच र एक नम्वर प्रदेश मा पनि ठुला तस्करहरुले बढी चलखेल गरेका छन्। मुकुन्द आचार्य झापा र नवलपरासीको एसपी भएर काम गरिसकेको हुँदा उनलाई तस्करीको नेटवर्कबारे राम्रो जानकारी रहेको प्रहरी अधिकारीहरु नै वताउँछन्।

    स्रोतका अनुसार झापाका सुपारी तस्करहरु उनलाई एक नम्वर प्रदेश लैजान एकातिर चलखेल गरिरहेका छन् भने अर्कोतिर नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाबाट तस्करी गर्दै आएका तस्कहरु पनि पाँच नम्वर प्रदेश लैजान चलखेल गरेका छन् ।

    नवलपरासीमा एसपी छँदा मुकुन्द आचार्यले परिचालन गरेका घुमुवा बुद्ध रायमाझीले व्यापारीदेखि तस्करहरूसँग रकम असुल्ने, महेशपुर इप्रकाका प्रहरी प्रमुखलाई मासिक रकम दिनुपर्ने अनि सामान ल्याउन रोकेपछि व्यापारीहरूले विरोध गर्दा महेशपुर छोटी भन्सार नाकामा झडप नै भएको थियो ।

    घुमुवा  रायमाझीकै  कारण त्यतिखेर महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका थिए ।

    कांग्रेसका नेता देबेन्द्रराज कंडेलदेखि बुटवलका दीपक शाही, रहमोद मुसलमान, समीर मुसलमान, ललु, प्रकाश नामका तस्करहरु पनि आचार्यलाई पाँच नम्वर प्रदेश लैजान लबिङमा छन् । तस्करहरुको समूह नै उनलाई लुम्बिनीमा लगेर केराउ, मरिच र सुपारी भारतमा तस्करी गर्न खोजिरहेको छ ।

    त्यसो त प्रहरीमा आचार्यको बिगतको छवी पनि राम्रो मानिदैन। ओमबिक्रम राणा आईजीपी छँदा चालचलन शाखामा कार्यरत रहेको बेला  मेनपावर कम्पनीहरुको स्वार्थमा चालचलन रिपोर्ट दिने गरेको उनीमाथि आरोप लागेको थियो।

    चालचलनको रिपोर्ट सन्तोष उप्रेती (पछि रातो पासपोर्ट बिक्रीकाण्डमा परेका) सँग कनेक्सन गरी घुस लिएर दिने गरेको बिषयमा पनि संचारमाध्यमले उठाएका थिए । आचार्य झापाको प्रहरी प्रमुख हुँदा डीएसपी देवी पौडेललाई लगेर उनीमार्फत् तस्करीबाट असुली गरी बदनाम भएका थिए।

    काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीको कार्यकालमा डीएसपी पौडेलले उनलाई समेत विवादमा पारेका थिए ।

    हुन्डी कारोबारी विकास अग्रवाललाई भगाउनदेखि सुन बरामद प्रकरणमा उनले ज्ञवालीलाई विवादमा पारेका थिए । आइजीपी क्षेत्रीले धेरै विवाद आएपछि पौडेललाई तानेका थिए ।

    पौडेलजस्ता बदनाम डीएसपीलाई आचार्यले झापा लगेर तस्करहरुसँगबाट असुली गरेको आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार