Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेयर बन्न भन्दै एसएसपी साहले दिए पदबाट राजिनामा

    मेयर बन्न भन्दै एसएसपी साहले दिए पदबाट राजिनामा

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजिनामादिएका छन् ।

    गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । राजिनामा दिएर गृहजिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए । उनी नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् ।



    २०७७ पुसमा एसएसपीमा बढुवा भएका उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।



    वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । डिआईजीमा बढुवा नहुने देखेपछि उनले राजिनामा दिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार