Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

    प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ ।

    प्रतिनिधि सभा विघटन पछि दुइ धारमा विभाजित बनेको नेकपामा आधिकारिकताबारे विवाद रहेकाबेला सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।



    आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।



    प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

    दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार