Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • केन्द्रीय कारागारका कैदीले सोमबार कोरोनाविरुद्धको खोप लगाए

    केन्द्रीय कारागारका कैदीले सोमबार कोरोनाविरुद्धको खोप लगाए

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरूद्धको खोप नेपालमा पनि लगाउँन सुरू भएको छ । यसैक्रममा सोमबार केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई पनि खोप लगाइएको छ ।

    सदर जेल सुन्धारा कारागारमा रहेका २ हजार ५ सय कैदीलाई सोमबार कोरोनाविरुद्धको खोप लगाइएको छ। यस्तै डिल्ली बजार कारागारमा रहेका ४ सय ८० कैदीलाई खोप लगाइएको छ ।



    साथै ४१ जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ। अझै ८ सय जना महिला कैदीहरु खोप लगाउन बाँकी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।



    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमको उपस्थितमा कैदीहरुलाई खोप लगाइएको हो । भारतले निःशुल्क उपलब्ध गराएको कोभिशिल्ड नामक खोप माघ १४ बाट नेपालमा लगाउन सुरू गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार