Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीले संकटकाल घोषणा गरेर सत्र साल ल्याउन खोजेको चित्रबहादुर केसीको दाबी

    ओलीले संकटकाल घोषणा गरेर सत्र साल ल्याउन खोजेको चित्रबहादुर केसीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मध्यावधि  चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका छन्।

    सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको दाबी समेत गरे ।



    उनले नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उल्लेख गरे ।



    समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए ।

    नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्ने विश्वास व्यक्त गरे ।

    नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

    अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीसँग आफुबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको बताए । उनले  संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार