Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुन र सहकारी चोरलाई विश्वासको मत नदिने चित्रबहादुरको घोषणा

    सुन र सहकारी चोरलाई विश्वासको मत नदिने चित्रबहादुरको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 255
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् ।

    बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद केसीले यस्तो बताएका हुन् ।



    केसीले भने, ‘नागरिकता दुइटा भएको मान्छे, पासपोर्ट दुइटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन? ल भन्नुस्। अनि तपाईंहरू वर्तमान र पूर्वप्रधानमन्त्री भएर उपप्रधान तथा गृहमन्त्री बनाउनु भएन? जसलाई अहिले गृहमन्त्री बनाउनु भएको छ, उहाँलाई सहकारीको करोडौं रुपैयाँ ठगी गरेको आएको छ कि छैन यहाँ? राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ?’



    केसीले त्यस्तालाई विश्वासको मत नदिने बताए । केसीले माछा बेच्ने र किन्नेको प्रसङ्ग निकाल्दै दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको होइन ? भनेर प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार