Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अमेरिकाले नेपालको संसदमा पार्टी खोलिसक्यो : चित्रबहादुर केसी

    अमेरिकाले नेपालको संसदमा पार्टी खोलिसक्यो : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

    नेकपाको ७६औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले सहकारी ठग, ठूल्ठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।



    सत्तामा गएकाहरू साम्राज्यवादको एजेण्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए ।

    भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै उनले अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार