Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा गोली चल्यो, एकजना घाइते

    पोखरामा गोली चल्यो, एकजना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    कास्की। पोखराको सीतापाईलामा  शुक्रबार साँझ गोली चलेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा गोली चल्दा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्कीतहरा बस्दै आएका मनोज विक घाइते भएका छन् ।

    गोली लागेका उनको गण्डकी मेडिकल कलेजमा उपचार उपचार भइरहेको छ। ईलेक्ट्रिसियन काम गर्ने  उनको दाहिने कोखा पेटबाट गोली वारपार भएको वताइएको छ ।



    घटनाको बिषयमा कास्की र बैदाम प्रहरीले अनुसन्धान थालेको छ।



    गोली प्रहार गर्ने को पहिचान हुन सकेको छैन भने प्रहरीले गोली चलेको क्षेत्र सिल गरी सुरक्षा व्यवस्था कडा बनाएको छ । ठेक्कापट्टाको विषयमा गोली चलेको हुन सक्ने आशंका गरिएको छ ।

    बिकमाथि गोली प्रहार हुनुको कारणबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले गोली प्रहार गर्नेको खोजि तीब्र पारिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार