Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

    हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ ।

    नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।



    मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात विशेष लडाकू रेजिमेन्टका सदस्य थिए । मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ ।



    आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार