Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्डलाई  चिडियाखानामा होइन बादललाई गल्लीमा घिसार्ने वर्षमानको चेतावनी

    प्रचण्डलाई  चिडियाखानामा होइन बादललाई गल्लीमा घिसार्ने वर्षमानको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 4.8K
    SHARES

    तनहुँ । नेकपा प्रचण्ड -माधब समूहका नेता वर्षमान पुन ‘अनन्त’ले संविधान मिचेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली र  गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जनताले गल्लीमा लगेर घिसार्ने चेतावनी दिएका छन्।

    दमौलीमा शनिबार तनहुँका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली र थापाको अन्त्य इतिहासका तानाशाहको जस्तै हुने दाबी गरे ।



    बादलले ओली सरकारमा तीन वर्षसम्मसँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै आपत्ति जनाएका थिए ।



    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले शुक्रबार राजधानीमा गरेको आमसभामा गृहमन्त्री बादल प्रचण्ड–नेपाल समूहलाई  ‘मांसाहारी आन्दोलन गरे जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।

    नेता पुनले प्रचण्डलाई  चिडियाखानामा होइन बादललाई जनताले गल्लीमा घिसार्ने  चेतावनी पनि दिएका छन्।

    सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता नडराउने उनको भनाइ छ ।

    विगतमा धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे । नेता पुनले ओलीलाई नेतृत्व स्वीकार गरेर गल्ती भएको स्वीकार गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार