Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भागरथी हत्याको तीन दिन नबित्दै बैतडीमा अर्को घटना, बाबुद्वारा गोली प्रहार गरी छोरीको हत्या

    भागरथी हत्याको तीन दिन नबित्दै बैतडीमा अर्को घटना, बाबुद्वारा गोली प्रहार गरी छोरीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 2.6K
    SHARES

    कैलाली। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन नबित्दै बैतडीमा अर्को घटना घटेको छ।

    बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । घटनाको बिषयमा सिआईबी र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको छ।



    उता, आजै बैतडीकी  पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।



    ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    शनिबार साँझ ५ बजे सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए ।

    गाली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको प्रहरी स्रोतले वतायो ।

    बन्दुकसहित महरा जंगल भागेका महराको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक बेलमतीका १ वर्षका छोरा पनि रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार