Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भागरथी हत्याका अभियुक्त दिनेशको डीएनए म्याच, बाबुको भ्रमको खेती असफल

    भागरथी हत्याका अभियुक्त दिनेशको डीएनए म्याच, बाबुको भ्रमको खेती असफल

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.8K
    SHARES

    बैतडी। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परी मुद्दा खेपिरहेका अभियुक्त दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ ।

    भट्टका बुवाले छोरा निर्दोष रहेको भन्दै केही दिन अघि पत्रकार सम्मेलन समेत गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तमराज सुवेदीका अनुसार भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए म्याच भएपछि अब यसमा धेरै बोलिराख्नु परेन ।



    प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त पर्ने दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।



    हाल पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका दिनेश भट्टले आफ्ना परिवारका सदस्यलाई टेलिफोन सम्पर्क गरेर आफूले भागरथीको हत्या नगरेको तर उनको हत्यामा संलग्नले ज्यान मार्ने धम्की दिएपछि बाध्य भएर अपराध स्वीकारेको भन्दै उनका बुवाले पत्रकार सम्मेलन गरेका थिए। तर डीएनए म्याचसँगै अब भट्टका बाबुछोराको भ्रमको खेति भने धेरै समय टिक्न सकेन।

    गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी साँझसम्म घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे शव भेट्टाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार