Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भागरथी हत्याकाण्डः अपराधी भूगोलबारेमा जानकार

    भागरथी हत्याकाण्डः अपराधी भूगोलबारेमा जानकार

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन ।

    प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न नसकेको हो ।



    माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो । माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो ।



    कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो । ‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटो पुग्नुले उसमा भूगोलको राम्रो जानकारी देखिन्छ,’ स्थानीइ बलदेव भट्टको भनाइ छ । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार