Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बुटवलमा भागरथीको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

    बुटवलमा भागरथीको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 3.3K
    SHARES

    बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया c भट्टको हत्यारालाई कारबाही माग गर्दै अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शन बुटवलको कालिका मानवज्ञान विद्यालयबाट सुरु भई मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अखिल छैटौँ रुपन्देहीका अध्यक्ष सरोजमान सिंहले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।



    भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।



    घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए ।

    उनले भने, “घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार