Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’

    भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

    प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।



    अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन् ।



    ‘घटनास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए । ‘हामी तुरुन्त दोषी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने ।

    प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य प्रमाण जुटाउन भने बाँकी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार