Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भागरथी भट्टको न्यायका लागि बैतडीमा प्रदर्शन

    भागरथी भट्टको न्यायका लागि बैतडीमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.4K
    SHARES

    बैतडी । १७ वर्षीया भागरथी भट्टको न्यायका लागि बैतडीमा प्रदर्शनहरु भएका छन् । आइतबार जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गरेका छन् ।

    जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा शाहीलेक, गोठलापानी बजार परिक्रमा गर्दै आएको बृहत र्‍याली जिल्ला प्रशासन कार्यालय गढी बाहिर आएर नाराबाजी गर्दै कोणसभामा परिण्णत भएको थियो ।



    उनीहरुले ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार?, ‘हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म? हामी चुप जहिलेसम्म’ लगायतका नारा लगाएका थिए । टाउको र पाखुरामा कालो पट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायका लागि आग्रह गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार