Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी महाधिवेशनबाट तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छः ईश्वर पोखरेल

    आगामी महाधिवेशनबाट तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छः ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा सङ्घ रहेकाले कम्तीमा ३० प्रतिशत नेतृत्वमा आउनुपर्ने बताए ।

    उनले ३० प्रतिशत युवा पार्टीको नेतृत्वमा नआउँदा पार्टीमा नेतृत्वको रिक्तता आउने र पार्टी संकटमा पर्ने बताउँदै भने, “त्यसैले अब म आफै कमसेकम ३० प्रतिशत युवा महाधिवेशनमा आउनुपर्छ भनेर म वकालत गर्छु ।” उनले थपे, “पार्टीको नेतृत्वमा आएका ३० प्रतिशतमध्ये ५० प्रतिशत अगाडि बढे भने नेतृत्वमा रिक्तता हुँदैन ।”



    उनले पार्टीको एकतापछि तीन वर्षमा पार्टी सबैतिर भएपनि शक्ति र संगठनमा देखिन नपाएको बताए । “एकतापछि पार्टी शक्ति र संगठनमा देखिनुपर्नेमा त्यस्तो देखिएन । हाम्रो यही हो भूकम्पको बेला तीन महिनामा २७ हजार टहरा बनाएर नेपाली जनतालाई हस्तान्तरण गरेका थियौँ,” उनले भने, “हाम्रो पार्टी राजनीतिक संगठनमात्र होइन सभ्यता र संस्कृति बोकेर आएको शक्ति पनि हो ।”



    युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले निर्वाचन घोषणा गरिसकेकाले युवा संघ निर्वाचनकेन्द्रित हुनुपर्ने बताए । बैठकले संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई जिम्मेवारीमुक्त गरेको छ । सोमबारसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार