Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेको हुँ कसैसँग डर छैन : ओली

    प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेको हुँ कसैसँग डर छैन : ओली

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    बुटवल । प्रधानमन्त्री एमव् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

    शनिबार बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको दाबी गरे ।



    संसद पुनःस्थापना भए देश अस्थिरतातिर जाने भन्दै उनले अदालतले त्यसो नगर्ने बताए ।



    प्रधानमन्त्री ओलीले भने–‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ । संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत हुँदैन । त्यस्तो बेला अस्थिरता आउन सक्छ । त्यसैले अब सोझै जनादेशमा जानुपर्छ ।’

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरे ।

    प्रधानमन्त्री भने–‘निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिने छैन। विश्वका कुनै भागमा भागेर पुगेपछि छोडिने छौं।’

    प्रधानमन्त्री ओलीले केही समयभित्र नै भागरथीका हत्यारालाई समात्ने दावी गरेका छ।

    प्रधानमन्त्री ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाए ।

    उनले भने–‘नेपालको भू–भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो । अनि प्रधानमन्त्री हट्नुपर्‍यो। अध्यक्ष छाड्नुपर्‍यो। अन्तबाट होइन अरुले रोकेको होइन आफ्नै पार्टीभित्रबाट भयो।’

    ओलीले नेकपाभित्रबाट प्रचण्ड–माधव नेपाललगायतका नेता हटेपछि पार्टी गतिशील भएको बताए।

    ‘तीन वर्ष संवैधानिक निकायमा नियुक्त हुन सकेको थिएन। उहाँहरु हटेपछि नियुक्त भयो’ उनले भने–‘थाहा पाउनुभयो नि उहाँहरु हटेपछि काम भयो। पार्टी गतिहिन भएको थियो निष्प्रभावी भएको थियो। उहाँहरु हट्नुभयो। पार्टी गतिशील भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार