Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विराटनगरमा ओलीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन

    विराटनगरमा ओलीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    मोरङ।  नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै उनीबिरुद्द प्रदर्शन भएको छ।

    ओलीलाई विराटनगरमा नेकपा प्रचण्ड-माधव समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन् ।



    विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको उनीहरूले बताएका छन्।



    संसद बिघटन गरेपछि ओलीले पहिलोपटक  प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन् ।

    आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ । प्रधानमन्त्री ओली आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री ओलीको सुरक्षामा चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार